काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।आइतबार सरकारी पक्षका वकिलहरूको बहस सकिएर सन्दीप पक्षका वकिलको बहस नसकिएपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
Advertisement
इजलासले सन्दीपको मुद्दामा सोमबार लगातार सुनुवाइ हुनेगरी पेसी तोकेको छ । आजको इजलासमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए ।
यस्तै सन्दीपका बाँकी वकिलले सोमबार बहस गर्नेछन् । यस्तै आज पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे ।