काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ । आठौं केन्द्रीय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । रिता थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिमा २८ जना निर्विरोध चयन भएका छन् । शिर्ष पदहरुमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
बरिष्ठ उपाध्यक्षमा पशुपछि शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँड, सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दिपक खड्का, महिला उपाध्यक्षमा राधिका हमाल निर्विरोध चयन भएका छन् । यस्तै महासचिवमा शिव लम्साल, उपमहासचिव सांगठिनक शिरिष देवघोटा, उपमहासचिव प्रशासनिकमा हरि डांगी निर्विरोध चयन भएका छन् । कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना निर्विरोध चयन भएका छन् ।
यस्तै उपाध्यक्षहरुमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा निर्वाचित भएका छन् । उपाध्यक्षको प्रतिस्पर्धामा शंकर बीसी र चोलेन्द्र पौडेल पराजित भएका छन् । सचिव खुल्लातर्फ देवी घर्ती, युवराज मगर र महेन्द्र गौतम निर्वाचित भएका छन् । यो प्रतिस्पर्धामा विमल अधिकारी र कृष्णआँशु विश्वकर्मा पराजित भए । सहकोषाध्यक्षमा सम्झना लामिछाने र ईश्वरीप्रसाद भुसाल निर्वाचित भए ।
महिला सदस्यतर्फ सम्झना भण्डारी, कला लम्साल, उषा सुवेदी, करिश्मा ढकाल, स्मृति तिमिल्सना, जालुमाया गुरुङ र सुशिला गौतम निर्वाचित भए । खुल्ला सदस्यतर्फ शान्तीश्री परियार, रविन लामिछाने, खेम सेन्चुरी, मनमाया वाइवा, कुमार पुन मगर, रीना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल, पुरुषोत्तम भण्डारी, श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बालचन्द्र बराल, दिनेश काफ्ले, कुशल बेल्वासे र रेशम निर्दोष निर्वाचित भएका छन् ।