काठमाडौं । राष्ट्रपति उम्मेदवारहरुविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन आयोगले बताएको छ । फागुन २५ मा हुन गइरहेको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङको उम्मेदवारी परेको थियो ।
Advertisement
उक्त उम्मेदवारीविरुद्ध आइतबार बिहान १० बजेदेखि २ बजेसम्म उजुरी गर्ने समय निर्वाचन आयोगले उपलब्ध गराएको थियो । तर उक्त समयमा उम्मेदवारहरुविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।