काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । उसले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारबाट बाहिरिएको जानकारी दिए ।
Advertisement
सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको राप्रपाले आरोप लगाएको छ । ‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।