काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने जीकिर गरेका छन् । उनले पुस १० मै प्रचण्डले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्झौता गरेको दाबी गरे ।
Advertisement
“उहाँले (प्रचण्ड) ले सपोर्ट गर्दै गर्नुहुन्न । गर्नै मिल्दैन”, काठ्माण्डौमा उनले भने, “किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ ।” उनले प्रचण्डले कांग्रेसको पक्षमा नलाग्ने दाबी गरे । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग छलफल बढाएपछि ओली सशंकित बनेका छन् ।