काठमाडौँ । आगलागीहुदा घाइते बनेका नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारी दोहोरो संवाद गर्न सक्ने बनेका छन् । भारतको मुम्बईको नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ । भण्डारीको साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर उनलाई नर्मल मास्कबाट अक्सिजन दिइएको छ ।उनको कल्चर रिपोर्ट आज आउँदै छ । उनको स्वास्थ्य पारामिटर नर्मल रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको सुन्निएको अनुहार सामान्य बन्दै गएको छ ।
फागुन ३ गते राति बुद्धनगरस्थित घरमा खाना पकाउन प्रयोग हुने सिलिन्डरमा लिकेज भएर आगलागी हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । घाइते भएका दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो । उपचारको क्रममा आमाको निधन भएको थियो । कांग्रेस नेता भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।