काडमाडौं । बुद्ध एयरको जहाज चरासँग ठोक्किएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको बेला जहाज चरासँग ठोक्किन पुगेको थियो । अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । इसु ब्रो नामको फेसबुकमा पनि भिडियो पोष्ट भएको छ । उनले २ वटा गिद्ध मरेको उल्लेख गरेका छन् । उनले भिडियो ८ गते दिउसो ३ः२४ बजे खिचेको जनाएका छन् ।
पोखरा विमानस्थलको नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ । उडान सुरक्षालाई चुनौती दिइरहेको छ । पोखरा महानरगपालिकाका मेयर धनराज आचार्यलाई मेन्सन गर्दै फोहोर व्यवस्थित बनाउन जोड दिन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अनुरोध गरेका छन् ।
बुद्ध एयरका सूचना अधिकृत दिपेन्द्र कर्णले आफूले पनि यो भिडियो सामाजिक सञ्जालमा देखेको भन्दै यसलाई गम्भीर रुपमा लिनु पर्ने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले भने यो घटनाबारे विमानस्थलमा कुनै औपचारिक रिर्पोटिङ नआएको प्रतिक्रिया दिए ।