काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिगको जारी शृंखलामा स्कटल्याण्डले दोश्रो जित हात पारेको छ ।नेपालसँगको एउटा खेल हारेको र एउटा खेल खेल्न बाँकी रहेको स्कटल्याण्डले नामिबियासँगका दुवै खेल जितेको छ ।दोश्रो खेल जित्ने क्रममा स्कटल्याण्डले आज सोमबार नामिबियालाई ४३ रनले हरायो ।
Advertisement
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४८.४ ओभरमा २२१ रनमा अलआउट भएको थियो ।तर स्कटल्याण्डले बलियो बलिङका साथमा नामिबियालाई ३८.४ ओभरमा १७८ रनमा रोक्दै दोस्रो जित हात पारेको हो ।
जारी शृंखलामा खेलका सबै ४ खेल हारेको नामिबिया लिग टूमा ३४ खेल सक्दा ३७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड भने तीन खेल अगावै लिग टु को विजेता बनेको थियो । भोलि स्कटल्याण्डसँग खेल्न लागेको नेपालको २७ खेलबाट २४ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।