काठमाडौँ– खाना पकाउने ग्यास सिलिण्डर चुहावटपटि भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभामा सांसद डा चन्द्र भण्डारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।उनी उपचारत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरले आज बिहान ७ बजे दिएको जानकारी अनुसार मंगलबारदेखि ट्रायलको रूपमा भेन्टिलेटर झिकिने छ ।
नेता भण्डारीको प्लेटलेट बढेर १ लाख २० हजार पुगेको तथा पिसाब सामान्य रहेको अस्पतालको भनाइ उदुत गर्दै नेता भण्डारीका सहयोगी गोगराज कँडेलले जानकारी दिएका छन् । नेता भण्डारीको भेन्टिलेटर-अक्सिजन सपोर्ट ६० मात्र रहेको बताइएको छ । स्वास्थ्यमा निरन्तर सुधार देखिएकाले अरु अवस्था सामान्य रहेको बताइएको छ ।
गत बुधबार राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर चुहावट हुँदा नेता भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको बिहीबार नै निधन भइसकेको छ ।