धनगढी – दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको मार्मा गाउँपालिका- ३ नलबगडस्थित सडकम माटो फाल्ने टिप्परको ढाला(पछिल्लो भाग) नाङ्गो बिजुलीको तारमा लागेर टिप्पर चालकको मृत्यु भएको हो।
Advertisement
टिप्परको ढाला विजुलीको तारमा लागेर गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने बेला बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। यस्तै, टिप्पर सहचालक मार्मा गाउँपालिका- ६ का अन्दाजी १९ वर्षीय प्रकाश सिंह ठगुन्ना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।