काठ्माण्डौ । माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले एमालेलाई राष्ट्रपति पद दिने सहमति नभएको खुलासा गरेका छन् । रातोपाटीसँगको अन्र्तवार्तामा उनले भनेका छन्, “अब वान टु वान बस्दा त्यस्तो सहमति भएको हो भने हामीलाई त्यो कुरा आधिकारिक थाहा छैन । त्यतिबेला सरकारका बारेमा सहमति भएको हो । अरू कुरा सल्लाह गरेर बाँडफाँट गरेर भन्ने भएको हो भन्ने हाम्रो अध्यक्षको भनाइ छ ।”
उनले अहिले एमालेलाई नदिने भन्ने टुंगोमा नपुगेपनि राष्ट्रिय सहमतिमा कुनै पनि पार्टीको पात्र हुनसक्ने बताए । फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । उनले राष्ट्रपति चयन गर्दा केही कुरा ख्याल गर्नुपर्ने तर्क गरे । संविधानको पालना गर्ने, राष्ट्रपति कुनै पनि कार्यकारीको स्वरूप ग्रहण नगर्ने, सेरेमोनियल काम गर्ने, संविधानको रक्षकको रूपमा काम गर्ने चाहिएको बताए ।
उनले पुरानो गठबन्धन व्युताउँने कुनै सम्भावना नरहेको बताए । पुस १० गते एमाले र माओवादी केन्द्रबीचको समझदारीबाटै नयाँ सरकार गठन भएको थियो ।