काठ्माण्डौ । नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बिदुर नगरपालिका– १२ स्थित चैनपुरमा बस दुर्घटनामा परेको थियो । बिहीबार दिउसो ४ बजेतिर दुर्घटना भएको थियो । मृतकको २ पुरुषको पहिचान खुलेको छैन ।
Advertisement
बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो । बसका चालक फरार छन् । बसमा सवार २० जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल नुवाकोटमा उपचार भैरहेको छ । बस सडकबाट २० फिट तल खसेको थियो ।