काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।
Advertisement
सत्तासाझेदार प्रमुख दुई दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेताद्वयबीच राष्ट्रपति पदको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।