काठमाडौं । कलाकार पवन खतिवडा (म्याकुरी) पक्राउ परेका छन् । मदिरा पिएर कुटपिटमा उत्रिएको आरोप लागेको छ । उनी प्रहरीको हिरासतमा छन् । मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएका थिए ।
Advertisement
उनी हाल इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा छन् । उनीसहित दुई जनालाई पक्राउ गरिएको बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाले बताए । उनीहरुले बेलबारीका एक युवालाई कुटपिट गरेका थिए । कुटपिटबाट ती युवा सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ ।