बिर्तामोड । झापामा विद्युतीय धरापमा परेर एक जनाको ज्यान गएको छ । बिर्तामोड ७ बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको हो । हात्तीबाट जोगिन घरअगाडि आफैँले थापेको विद्युतीय धरापमा परेर उनको ज्यान गएको हो ।
Advertisement
गएराति पिसाब फेर्न निस्किँदा करेन्ट लागेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।