काठमाडौं। बलि चढाउन भन्दै भारत लगिएको आशंका गरिएको एक जना किशोरीको प्रहरीले उद्धार गरेको छ । ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठका अनुसार उनलाई भारतको रन्होला थापाको वडा एरिया अन्तरगत मंगलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्धार गरिएको छ । उनलाई उद्धार गरेर नेपाल ल्याइएको श्रेष्ठको भनाइ छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले यो प्रकरणमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार गत मंसिर १७ गते आफ्नो मामाघरबाट सम्पर्कविहीन भएकी ती बालिकाको खोजीका लागि भन्दै आफन्तले पुस ६ गते स्थानीय प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
बालिका बेचबिखनमा परेको आशंकाका आधारमा स्थानीय प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई खबर गरेको थियो।नयाँदिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतीय संस्था किन इण्डियाको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले १६ वर्षीया नेपाली किशोरीको उद्धार गरेको हो ।
ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठका अनुसार उनलाई भारतको रन्होला थापाको वडा एरिया अन्तरगत मंगलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्धार गरिएको छ । उनलाई बिहीबार उद्धार गरेर नेपाल ल्याइएको श्रेष्ठको भनाइ छ । पीडित किशोरीलाई एक जना तान्त्रिक बाबासँग भेटाइदिएर खुशी बनाए अथाह पैसा पाउने भनिएको प्रहरीको भनाइ छ ।