काठ्माण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा रहने–नरहने छिटै निर्णय गर्ने भएको छ । सरकारबारे प्रस्ताव तयार पारेर केन्द्रीय समितिको बैठकमा छलफल गर्ने तयारीमा रास्वपा लागेको छ । महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले आजै दिउसो साढे ४ बजे बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बताए ।
चितवन–२ बाट निर्वाचित लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । उनले पुनः नेपाली नागरिकता लिएपछि ३२ दिन नेतृत्व सम्हालेर बाहिरिएको गृहमन्त्रालय पाउनुपर्ने अडानमा रहेका छन् । सरकार गठन पहिले गृहमन्त्रालय रास्वपाले लिने सहमति कार्यान्वयन हुनुपर्ने अडानमा पार्टी उभिएको छ । गृहमा फर्काउन प्रधानमन्त्रीले नचाहेको संकेत पछि रास्वपाले १७ गते साँझसम्म गृहबारे निर्णय नभए सरकारबाटै बाहिरिने चेतवानी दिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले नागरिकता विवादबारे अदालतको फैसलाको पूर्णपाठ नआउदासम्म गृहमन्त्रालयमा रवि दोहो¥याउने वा नयाँ व्यक्तिलाई भित्र्याउने पक्षमा छैनन् । रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. ढकालले प्रधानमन्त्रीले कुनै जवाफ नपठाएकोले बैठक बसेर निर्णय गर्न लागिएको बताए । उनले सभापति लामिछाने पुन : नियुक्त नभए सरकार छाड्ने चेतावनी दिए । सरकार छाड्नेबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने स्रोतले जनाएको छ । रास्वपाका केही नेताहरुले सभापति रवि बाहेक अन्य नेताको नाम लिएर प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने सुझाव समेत दिदै आएका छन् ।