काठमाडौँ । अनेरास्ववियुले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशकको राजीनामा माग गरेको छ । राजीनामाको माग गदै भक्तपुरस्थित केन्द्रमा पुगेर प्रर्दशन गरेका छन् । जनक शिक्षाका प्रबन्ध निर्देशकका कारण संस्थान धराशायी भएको भन्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो ।
Advertisement
प्रर्दशनमा उत्रिएका विद्यार्थीहरुले भ्रष्टाचार छानबिन गर्न समेत माग गरेका छन् । उनीहरुले पाठ्यपुस्तक समयमा नै उपलब्ध गराउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
केन्द्रको तालानै फेडेर नाराबाजी गरेपछि प्रहरीले बलप्रयोग गर्नुपरेको थियो । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले केन्द्रका प्रबन्ध निर्देशकले कमिसनको लोभमा पाठ्यपुस्तक छपाउने जिम्मा निजी क्षेत्रलाई दिने कामको विरोध गरिएको बताए ।