संखुवासभा । सुरुङ भत्किएर संखुवासभामा १ जना कामदारको ज्यान गएको छ । ज्यान जानेमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङ छन् । २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ छन् ।
Advertisement
निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङभित्र कामदारको ज्यान गएको हो । चिचिलाको पुखुवास्थित पावरहाउस नजिकैको सुरुङभित्र काम गर्ने क्रममा आज बिहान सुरुङ भत्किएको थियो ।