काठमाडौं । एक युवकले बाँकेमा छोरालाई आगो लगाएर हत्या गरेका छन् । बाँकेको कोहलपुर शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार साँझ श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका थिए । उपचारका क्रममा छोरा प्रिन्सको आज विहान ज्यान गएको छ ।
Advertisement
प्रहरी र स्थानीयको सहयोगमा उद्वार गरि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो । श्रीमती गंगाको पनि शरिर जलेको छ । उनको शरिरको २० प्रतिशत भाग जलेका छन् । गम्भीर घाइते बनेकी उनको उपचार भैरहेको छ । भानुभक्तले पहिलेदेखि नै श्रीमतीलाई कुटपिट गर्दै आएका थिए । आइतबार साँझ माइत जाने क्रममा भानुक्तले पेट्राृल छर्केर आगो लगाइदिएका थिए । भारततर्फ भागेका उनलाई गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।