भरतपुर । सहरी विकास मन्त्री विक्रम पाण्डेले आफ्नै कम्पनीको म्याद थप्न मन्त्रालयमा निवेदन दिएका छन् । कालिका कन्ट्रक्सन प्रालिका अध्यक्ष रहेका पाण्डेले सहरी विकास मन्त्रालयका दुई ठेक्काको म्याद थप गर्न सहजीकरण गरेको रहस्य खुलेको छ । चितवनमा २ अगाडी भरतपुर विमानस्थलमा उनले भनेका थिए, ‘मेरो फिेमिलहरुको कुनैपनि विजनेस, कुनै काम ग¥यो भने बल्ल स्वार्थ बाझिने हो ।’
कालिका कन्ट्रक्सनमा उनका जेठो छोरा निकोलस पाण्डे कार्यकारी निर्देशक छन् । मन्त्री पाण्डेले आँफु कालिका कन्ट्रक्सनबाट धेरै पहिले राजिनामा दिएको दाबी चितवन आएर गरेका थिए । तर, उनी कालिका कन्ट्रक्सनबाट टाडिएका छैनन् । ३ अर्ब रुपैयाँका दुईवटा सरकारी काम पुरा गर्न नसकेपछि म्याद थपका लागि पाण्डेले नेतृत्व सम्हालेको मन्त्रालयमा फाइल पुगेको छ । कालिकाले धनगढी उपमहानगरपालिकाभित्र सडक निर्माण र वाग्मती सौन्दर्यकरणको काममा म्याद थप गर्न सहरी विकास तथा भवन निर्माण विभागमा फाइल पठाएको स्रोतले जनाएको छ । २०७७ मै करिब १० किमि सडक र नाला बनाउन जिम्मा लिएपनि साउनमै पुरा गर्नुपर्ने भएपनि काममा ढिलाई गरेको छ । बाटो भत्काएर नबनाएपछि कालिकाको आलोचना हुदै आएको छ ।
कालिकाले कैलालीको गोदावरी नगरपालिकामा पनि सडक निर्माणको ठेक्का पाएको छ । तर, म्याद सकिदासम्म अझै ३० प्रतिशत काम हुन सकेको छैन । वाग्मती नदीको गोकर्णदेखि तिलगंगासम्म सौन्दर्यकरण गर्न २०७४ सालमा पाएको २ अर्बको ठेक्का २ वर्षमा पुरा गर्नुपर्नेमा फेरी म्याद थप गर्न फाइल पठाएको छ । २०७५ मा नक्खु खोला कोरिडोर निर्माण गर्न करिब २ अर्बमा लिएको ठेक्का आधा काम अझै बाँकी छ । कालिकाले लिएका ३ दर्जन आयोजनाको ठेक्कामध्ये अधिकांश आयोजना निर्माण कार्य सुस्त छ ।
भ्रष्टाचारको आरोप लागेका पाण्डेलाई मन्त्री बनाएको भन्दै उनको आलोचना भएको थियो । सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले २०७५ मंसिरमा उजुरी दिएको थियो । साढे ३ वर्षपछि बल्ल यही असारमा विशेष अदालतले सफाई दिएपनि फैसलाको पूर्णपाठ आउन बाँकीनै छ । पूर्णपाठ आएलगत्तै अख्तियार फेरी पाण्डे विरुद्ध सर्वोच्च अदालत जाने सोचमा छ । पाण्डेविरुद्ध २ वर्ष कैदसहित २ अर्ब १३ करोडको बिगो दाबी गरिएको थियो । पाण्डे २०७५ माघमा ४ करोड धरौटीमा रिहा भएका थिए । ६ अर्ब रुपैयाँमा ठेक्का पाएको सिक्टा सिँचाइ नहर परीक्षणकै क्रममा भत्किएको थियो । तर, मन्त्री पाण्डेले चितवनमा भनेका थिए्, ‘सिक्टा सिञ्चाई आयोजना नेपालकै सबैभन्दा राम्रो काम भएको योजना हो, राजनीतिक उद्येश्यले त्यो बेला मुद्धा लगाइएको थियो।’