काठमाडौँ । नेकपा एमालेको सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन, सम्मेलन हुने भएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन, सम्मेलनहरु हुन लागेका हुन् । एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन, सम्मेलनका लागि मिति घोषणा भएको बताइन् ।
पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसङ्गठनको भेला बसेको थियो । उनका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा, नेपाल खेलकुद महासङ्घको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौँमा सम्मेलन हुने भएको छ । यस्तै, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको चैत १८ र १९ गते काठमाडौँ, नेपाल पिछडा वर्ग महासङ्घको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासङ्घ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला सङ्घको चैत २५ देखि २६ गते काठमाडौँमा, अखिल नेपाल किसान महासङ्घको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा सङ्घको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ । एमालेका २३ जनवर्गीय सङ्गठन छन् ।