काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ ।
Advertisement
उनीहरुमध्ये मेहबुब आलम र आदिल अन्सारी पक्राउ गरेका छन् । आलम बिराटनगर बसपार्कबाट पक्राउ परेका हुन् । यस्तै थप एक जनालाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । यद्यपि उनको नाम खुलेको छैन ।
प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । भारत घर भएका जतिनले काठमाडौं छाडेको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् ।त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो ।