नवलपुर ।नारायणी नदी किनारमा दुईवटा गैडा मृत अवस्थामा भेटिएका छन् । नवलपुरको सेहरीस्थित नदी किनारमा दुईवटा गैडामध्ये माउ र बच्चा रहेको स्थानीयले जनाएका छन् ।
Advertisement
आजै बिहान मृत अवस्थामा भेटिएका दुई गैडामध्ये एउटाको खाग पनि निकालिसकेको पाइएको छ । स्थानीयका अनुसार चोरी शिकारीमा परेको हुन सक्ने आशंका छ ।अहिले गैडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने अनुसन्धान थालिएको छ ।
खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने आकलन गरिएको छ । जंगल क्षेत्र नजिक रहेको हुँदा सेहरीमा पछिल्लो समय बाघको आक्रमण पनि बढेको स्थानीयले बताएका छन् । करिब १५ दिन भित्रमा बाघले २–३ वटा गाइ बस्तु पनि खाइसकेको छ ।