सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त गरेका हुन् ।
Advertisement
उनलाई सत्तारूढ दलका २५ सांसदले विश्वासको मत दिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए । मुख्यमन्त्री शर्मालाई नेकपा माओवादी केन्द्रका १३ सांसद, एमालेका ९, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक–एक मतदान गरि शर्मालाई विश्वासको मत दिएका हुन् ।
शर्माले यसअघि विश्वासको मत माग्दै कर्णालीको सामाजिक, आर्थिक सूचकाङ्कमा सुधार ल्याउनेदेखि ‘समृद्धि कर्णाली’ बनाउनेसम्मका प्रतिबद्धता व्यक्ति गरेका थिए । यस्तै उनले वार्षिक १० हजार जनालाई रोजगारीमा जोड्ने बताए ।