काठ्माण्डौ । सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।
Advertisement
बिहीबार भएको निर्वाचनमा घिमिरेले १६७ मत पाएर विजयी भएका थिए । विपक्षी गठबन्धनको उम्मेदवार रहेकी कांग्रेस नेतृ ईश्वरी न्यौपानेले १०० मत ल्याएकी थिइन् । सभामुख घिमिरेले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलगत भएको घोषणा गरेका छन् ।
उनी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वतन्त्र र निष्पक्षरूपमा काम गर्न पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हुन् ।