भरतपुर । विमान दुर्घटनामा परेर चितवनको माडीका एक जनाको ज्यान गएको छ । पोखराको सेती खोँचमा यती एयरको विमान विहान दुर्घटना भएको थियो ।
विमान चालक दलको सदस्य माडी–८, दक्षिण अयोध्यापुरी निवासी विमान परिचारिका (एअर होस्टेस) ओसिन आलेमगरको ज्यान गएको हो ।
Advertisement
उनी ५ महिना पहिले यती एयरलाइन्समा काम गर्न थालेकी थिइन् । उनले केही वर्ष पहिले सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेकी थिइन् । ओसिनको निधनले आले परिवार सहित अयोध्यापुरी गाउँ शोकमा परेको छ ।