पोखरा । पोखराको सेती खोँचमा दुर्घटनामा परेको विमान अवतरण गर्नुपहिलेनै अनियन्त्रित भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यति एयरलाइन्सको एटीआर ७२ विमान पोखरा अन्र्तराष्ट्रिय विमानस्थल भन्दा करिब २ किमिको दुरीमा दुर्घटनामा परेको हो ।
Advertisement
प्रत्यक्षदर्शी रविन्द्र खड्काले जहाज आकाशमै उल्टोपाल्टौहुदै आएको बताउँछन् । उनले भने, “१०.५१ मा घटना भयो, हेर्दाहेर्दै विमान उल्टोपाल्टो भएर हल्लिदै आएको थियो ।” घटनास्थलमा उद्वार कार्य जारी छ । हालसम्म १६ जनाको शव निकालिएको छ । चालक दलका ४ सहित ७२ जना सवार थिए ।