काठ्माण्डौ । राष्ट्रपतिको चुनावका विषयमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
आज (शनिबार) नेपाललाई भेट्न बरिष्ठ नेता पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए ।
Advertisement
उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । सत्ताबाहिरका दलहरुबाट राष्ट्रपति कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल भएको जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस २६ गते विश्वासको मत राष्ट्रपति चुनावलाई लक्षित गरि दिइएको स्रोतको दाबी छ । कांग्रेस र एकीकृत समाजवादीबीच सभामुख बनाउने बारे पनि छलफल हुने जनाइएको छ ।