मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । मनहरी गाउँपालिका–८ सिमपानीका ३० वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावतीका रुपेश तामाङको ज्यान गएको छ ।
Advertisement
मिलन मोक्तान र रुपेश तामाङ उपचारका लागि अस्पताल लैजानसाथ गएराती सवा १२ बजे मृत घोषणा गरिएको थियो । धर्मराज मोक्तानलाई आज (शुक्रबार) बिहान ३ः३५ बजे मृत घोषणा गरिएको हो । गएराति करिब पौने ११ बजेतिर दुर्घटना भएको थियो । उपचारका लागि ३ जनालाई चितवन स्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो । ठक्कर दिने सवारी अझै पहिचान हुन सकेको छैन ।