काठमाडौं– नेपाली बजारमा सुनको मुल्य ओरालो लाग्न थालेको छ । साप्ताहिक कारोबारको चौथो दिन बुधबार नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको हो । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तोलामा ३०० रुपैयाँले घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो ।
बुधबार चाँदीको मूल्यमा भने कुनै घटबढ भएन। अघिल्लो दिन मंगलबार जस्तै बुधबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। मंगलबार भने चाँदीको मूल्य २५ रुपैयाँ घटेको थियो ।