चितवन । भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरिने भएका छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट सह–सचिव नरेन्द्र कुमार राना भरतपुर आउँदै छन् ।यसअघि निवर्तमान प्रमुख नारायण प्रसाद सापकोटा छोटो समयमा नै फेरिएका हुन् ।
सापकोटा सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय गएका छन् । उनी भरतपुर महानगरपालिकामा आएको चार महिना भएपनि अधिकांश समय विदामै बसे । महानगरपालिकाको कार्यालयमा नै आएर एक महिनाजति मात्रै उनले काम गरेका छन् । उनी कार्यालय नगएपछि अधिकांश समय निमित्त प्रमुख प्रशासकिय अधिकृतमा रुपमा महेन्द्र प्रसाद पौड्यालले महानगरको प्रशासन सम्हालेका थिए ।
सापकोटा भरतपुरमा सरुवा भएको कागज आइसकेको महानगरकी सूचना अधिकारी मेनका पण्डितले जानकारी दिइन् । प्रमुख प्रशासकिय अधिकृत राना सम्भवत सोमबार कार्यालयमा हाजिर हुने बताइएको छ ।