विगत एक वर्षदेखि मा’नसि’क रो’गसँग जुधिरहेकी थिइन्, अभिनेत्री जेनी कुँवर । नियमित औ’ष’धी से’वन गर्दै आएकी उनी ६ महिना विपश्यनामा समेत बसेकी थिइन् । तर, डि’प्रे’स’नसँग ल’ड्दा ल’ड्दै उनले देहत्यागको बाटो रोजेकी छन् । बिहीवार साँझ काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा उनी ना’इ’ल’न’को डो’री’मा झु’न्डि’ए’को अवस्थामा भेटिएकी हुन् ।
मृत फेला परेकी नायिका जेनी कुँवरको ‘सु’सा’इ’ड नो’ट’ प्रहरीले परीक्षण गर्न ल्याबमा पठाउने तयारी गरेको छ। बिहीबार राति काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा नायिका कुँवर मृत फेला परेकी थिइन्। उनी अपार्टमेन्टमा श्रीमानसँग बस्थिन्। प्रहरीले घटनास्थलबाट सु’सा’इ’ड नो’ट पनि फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले जानकारी दिए। उनका अनुसार नायिका कुँवरले आफ्नो मृत्युको दोषी कोही नभएको भन्दै उल्लेख गरिएको छ।
अपार्टमेन्टमा भेटिएको सु’सा’इ’ड नो’ट’मा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ सन्देश छाडेकी छिन् । घटनास्थलमा भेटिएको नो’टमा आफु ‘डि’प्रे’श’न’को शि’कार’ भएको उल्लेख गर्दै उनले लेखेकी छिन्– ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’ ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दोष छैन ।’सु’सा’इ’ड नोटको परीक्षण गर्न प्रहरीले सामाखुसीस्थित विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको छ ।’
फिल्मबाट प्रस्ताव आउन छाडेपछि आध्यात्ममा लागेकी उनले अधिकांश समय पशुपति परिसरमा विताउने गरेकी थिइन् । उनले आफू माता सियानाथ रहेको भन्दै यूट्युबमा अन्तर्वार्ता समेत दिँदै आएकी थिइन् । पशुपतिको सम्पदा संरक्षणको कुरा उठाउँदा उनको प्रहरीसँग ल’फ’डा पनि भएको थियो । प्रहरीले केही दिन थुनामा राखेर फिल्मकर्मीको रोहवरमा उनलाई छाडेको थियो ।
जेनीले फिल्म ‘जिन्दगानी’ बाट फिल्मी करिअर सुरु गरेकी हुन् । यसमा उनी अभिनेता राजेश हमालको प्रेमिकाको भूमिकामा थिइन् । तर, उनले फिल्ममा आउनुभन्दा अगाडि एउटा नाटकमा अभिनय गरिसकेकी थिइन् । त्यसपछि केही फिल्ममा कोरस डान्सरको रुपमा काम गरिन् । ‘जिन्दगानी’ मा पनि उनी पहिला कोरस डान्सर थिइन् । तर, पछि उनी हमालको जोडी बनिन् ।
गत वर्ष एक अन्तर्वार्तामा उनले आफ्नो करिअरको बारेमा भनेकी थिइन्, ‘म सिधै फिल्ममा आएको होइन । पहिला नाटक गरेको थिएँ । त्यसपछि केही फिल्ममा कोरस डान्सरको रुपमा काम गरेँ । ‘जिन्दगानी’ मा पनि म कोरसको रुपमा थिएँ । तर, निर्देशक उज्जवल घिमिरे सरले मेरो सुन्दरता देखेर फिल्ममा राजेश हमालको गर्लफ्रेन्डको भूमिकामा अभिनय गर्ने अवसर दिनुभयो ।’
अभिनय उनको सौख थियो । तर, परिवारबाट उनलाई फिल्ममा अभिनय गर्न अनुमति थिएन । न त फिल्म क्षेत्रमा उनका कोही आफन्त नै थिए । उनले विगत सम्झँदै भनेकी थिइन्, ‘मेरो घरका कोही फिल्म क्षेत्रमा थिएनन् । मैले फिल्म खेलेको पनि कसैले मन पराउँदैन थिए । मैले परिवारसँग वि’द्रो’ह गरेर फिल्ममा आएकी हुँ ।’ उनले ‘घायल र हलचल’ नामक फिल्म पनि बनाएकी छन् ।
तर, फिल्म बनाउँदा हलवाला र वितरकले दिएको सास्ती र या’त’ना उनले कहिल्यै विर्सिएकी थिइनन् । उनी भन्थिन्, ‘मैले विना कसैको सहारा फिल्म बनाएको थिएँ । तर, हलवालाले मलाई धेरै पी’डा र या’त’ना दिन्थेँ । आफ्नो पैसा लगाएर बनाएको फिल्म चलाउन हलवालाको खुट्टा ढोग्नु पर्थ्यो । फिल्म चलाउन गुण्डा किन्नु पर्थ्यो । फिल्म क्षेत्रमा जति राजनीति त देशमा पनि हुँदैन ।’
‘मैदान, जीवनदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ लगायत तीन दर्जनभन्दा बढी फिल्ममा काम गरेकी जेनी केही वर्षयता अभिनयमा सक्रिय थिइनन् । लकडाउनको समयमा उनले निर्माण र अभिनय गरेको फिल्म ‘घायल’ को ‘माया गर मायालु’ गीत टिकटकमा हिट भएको थियो । कोरोना महामारी सामान्य भएपछि उनी नयाँ फिल्म बनाउने सोचमा समेत थिइन् ।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।