प्रहरीले युरो कप र कोपा अमेरिका फुटबल लेखमा अनलाइनमार्फत सट्टेबाजी खेलाउने आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं सुकेधाराका राजेन्द्र श्रेष्ठ प्रधान, जीवन लामा, पर्साका सुरज टिवडेवाल, भारत बिहारका अशेक कुमार गुप्ता, चितवनका गोविन्द्रप्रसाद आचार्य, भारत हरिवाना राजेशकुमार अग्रवाल, भारत राजस्थानका सुचिन डालमिया अग्रवाल र मोरङ अमर नाम गुप्ता छन् ।
उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले खेलमा सट्टेबाजी खेल्दा जित्नेले धेरै रकम पाउँने भन्दै विभिन्न व्यक्तिबाट ठूलो रकम जम्मा गरेको खुलेको छ ।
उनीहरूको साथबाट प्रहरीले करिब १० लाख रुपैयाँ नदग र सट्टेबाजी खेल्न प्रयोग गरेका मोबाइल बरामद गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार २१, २०७८, १५:१०:३३