अभिनेत्री सन्ध्या केसी बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रवार प्रेमी आभूषण ज्योति कंसाकारसँग कानुनी रुपमा विवाह गरेकी हुन् । सामाजिक सञ्जालमा श्रीमानसँगका केही रोमान्टिक तस्विर शेयर गर्दै उनले विवाह गरेको जानकारी दिएकी हुन् । उनले स्थिति सामान्य भएपछि धार्मिक रुपमा विवाह गर्ने बताएकी छन् । आभूषणसँग उनी करीब २ वर्षदेखि अफेयरमा थिइन् ।
सन्ध्याले फेसबुकमा लेखेकी छन्, ‘हामीले विवाहित जोडीको रुपमा एक सुन्दर यात्रा सुरु गर्न हात मिलाएका छौं । म आभूषणसँग विवाहको खबर सार्वजनिक गर्दा रोमाञ्चित महसुस गर्दैछु । धार्मिक रुपमा हामी एक हुन बाँकी छ, जुन हामी स्थिति सहज भएपछि गर्नेछौं । त्यतिन्जेल तपाईंहरूको स्नेह र आर्शिवाद चाहन्छौं । आजदेखि हामी एक्लै हिँड्ने छैनौं । हाम्रो हृदय हाम्रो आश्रय हुनेछ ।’
भिजेको रुपमा करिअर सुरु गरेकी सन्ध्याको डेब्यू फिल्म ‘ड्रिम्स’ हो । यसमा उनी सहायक अभिनेत्रीको रुपमा थिइन् । उनले ‘कमलेको बिहे, पण्डित बाजेको लौरी, कथा काठमाण्डू’ लगायतका फिल्ममा पनि अभिनय गरिसकेकी छन् । ‘कमलेको बिहे’ भने निर्माण सकिएको वर्षौं भइसके पनि प्रदर्शनमा आउन सकेको छैन । उनले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।