जनता समाजवादी पार्टी (जसपा) संघीय अध्यक्ष बाबुराम भट्टराईले अध्यक्ष महन्थ ठाकुरले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन्।
आइतबार राति उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् निर्वाचन आयोगमा आफ्नोसमेत हस्ताक्षर दुरुपयोग गरेको देखेर स्तब्ध भएको बताएका हुन्।
ठाकुरको नाम नलिई उनले भनेका छन्, ‘स्वच्छ छवीका मानिएका ८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरोसमेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु।’
उनले ओली–विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भयो भनेर टिप्पणीसमेत गरेका छन्।
ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु!NOT IN MY NAME!
— Baburam Bhattarai (@brb1954) June 20, 2021