धार्चे गाउँपालिका-१ स्थित यारु बगरमा बूढीगण्डकी नदीमा आएको बाढीले दुई घर बगाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयबासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो।
त्यस्तै, ढकालको घर नजिकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले जानकारी दिए।
घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजिकै छिमेकीको घरमा राखिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए।
‘पीडित दुई परिवारलाई छिमेकीको घरमा आश्रय लिइरहनुभएको छ’, उनले भने, ‘थप जोखिममा परेका परिवारलाई समेत अयन्त्र सारिएको छ।’
नदीमा आएको बाढीले यारु बगरका थप सात घरसमेत उच्च जोखिमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ।रासस
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८, ११:४४:१६