प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल सुरू भएको हो ।
बिहीबार सरकारका तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम संसदमा पेस गरेका थिए ।
शुक्रबारको छलफलमा सांसदहरूले प्रधानमन्त्री ‘बा’ कार्यक्रमदेखि सीमामा तारबार लगाउनेसम्मका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका थिए ।
नीति तथा कार्यक्रम आश्वासनको पोको र झुटको पुलिन्दा भएको विपक्षी सांसदहरूको टिप्पणी थियो । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले एउटै कार्यक्रम सरकारले पटक–पटक दोहोर्याइरहेको आरोप लगाएका थिए ।
शुक्रबार कार्कीले पूरा नहुने नीति कार्यक्रम पटक-पटक दोहोर्याइरहेको भन्दै राष्ट्रपति आमा सम्मान कार्यक्रम मात्रै हैन प्रधानमन्त्री ‘बा’ सम्मान कार्यक्रम पनि ल्याउन सुझाव दिए ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८, १३:२५:५४