शुक्रबार रोमस्थित घरेलु मैदानमा टर्किसँग भिडेको इटाली ३–० ले विजयी भएको छ। युरोकप २०२० को पहिलो खेलबाट इटालीले विजयी सुरुवात गरेको हो। टर्किका मेरिह डेमिरलले खेलको ५३ औँ मिनेटमा आत्मघाती गोल गरेपछि इटालीले अग्रता लिएको थियो।
त्यसपछि इटालीका लागि ६६औँ मिनेटमा चिरो इमोबाइल र ७९ औँ मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गरे। युरोकपमा इटालीले एकै खेलमा तीन गोल गरेको यो पहिलो पटक हो । यस जीतपछि इटालीले २८ खेलको अपराजित यात्रा कायम गरेको छ।
यस खेलसँगै मिनी विश्वकप भनिने युरोकप सुरु भएको छ र एक महिनासम्म चल्नेछ। आज ‘समूह ए’ का वेल्स र स्वीजरल्याण्डबीच, ‘समूह ए’ कै डेनमार्क र फिनल्याण्डबीच तथा ‘समूह बी’ का बेल्जियम र रसियाबीच प्रतिस्पर्धा हुँदैछ।
प्रकाशित: २९ जेष्ठ २०७८ ०७:५२ शनिबार