विश्वकप तथा एसियन कप फुटबल संयुक्त छनोटअन्तर्गत आज अस्ट्रेलियाको सामना गरेको नेपाल ३-० ले पछि परेको छ ।
Advertisement
कुवेतमा जारी खेलमा अस्ट्रेलियका मार्टिन बोयल ५७ मिनेटमा तेस्रो गोल गरेका हुन् ।
अस्ट्रेलियाले खेल सुरु भएको ६ मिनेटमै १-० ले अग्रता लिएको थियो । खेलको ३७ मिनेटमा अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनायो ।
पहिलो गोल हेडिङमार्फत् कप्तान लेसीले गरेका हुन् भने दोस्रो गोल जर्सी नम्बर ३ का खेलाडी कराकिकले गरे ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८, २३:०३:००