फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटअन्तर्गत जोडनविरुद्ध नेपालको खेल जारी छ ।
Advertisement
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा जोडनले २-० गोलले अग्रता लिएको छ ।
वहाब फेजलले दुवै गोल पेनल्टीमार्फत गरेका हुन् । उनले पहिलो हाफमा २४ मिनेटमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका उनले दोस्रो हाफ सुरु भएलगत्तै अर्को गोल थपे ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८, २३:०२:३२