एजेन्सी । भारतका चर्चित अभिनेता दिलिप कुमारको अचानक स्वास्थ्य अवस्था विग्रिए पछि अस्पताल भर्ना गरिएको छ । उनी संक्रमित भने भएका होइनन् । भारतीय मिडियाले उनलाई मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको जनाएको छ ।
स्वास्थ्य अवस्था बिग्रिएपछि दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको बीबीसीहिन्दीले पनि उल्लेख गरेको छ । उनलाई आइतबार बिहानै साढे ८ बजे मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ।
९८ वर्षका उनलाई स्वास प्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको हो । कोरोना भाइरसका कारण भने उनलाई अस्पताल लगिएको होइन। अस्पतालमा उपचार सुरु गरिएपछि उनी अहिले खतरामुक्त भएको चिकित्सकको भनाई उल्लेख गर्दै भारतीय मिडियाले जनाएका छन् ।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।