म्यानमारको ग्रामीण क्षेत्रमा सुरक्षाकर्मी र गाउँलेबीच झडप हुँदा २० जना मारिएको छन् । समाचार एजेन्सी रोयटर्सले स्थानीय मिडियालाई उद्धृत् गर्दै एयेयारवाडी नदीनजिकैको क्षेत्रमा सुरक्षाकर्मीले हतियार खोज्ने क्रममा स्थानीयसँझ झडप भएको हो ।
गाउँलेका साथबाट गुलेली र धनुषवाण जस्ता हतियार भेटिएको बताइएको छ । म्यानमारको सरकारी मिडियाका अनुसार राजद्रोहका एक अभियुक्तलाई समात्न सुरक्षाकर्मी ह्लेस्वे गाउँमा पुगेका थिए । त्यहाँ भएको झडपमा तीन आतंकवादीको ज्यान गएको र दुई जनालाई समातेको बताएको सरकारको दाबी छ । सैनिक सरकारका प्रवक्ताले एयेयारवाडी क्षेत्रमा भएको यस घटनासँग जोडिएका जवालको जवाफ दिन अस्वीकार गरेका छन् ।
रोयटर्सले उक्त घटनामा २० जनाको ज्यान गएको र मरिनेको संख्या स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी रहेको उल्लेख गरेको छ । लोकतान्त्रिक रूपमा चुनिएका नेता आङ साङ सू चीलाई सत्ताच्युत गरेपछि म्यानमारका सेनाले देश पर नियन्त्रण स्थापित गर्न संघर्ष गरिरहेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८, २२:४५:००