ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ५० हजार मुरीभन्दा बढी धान फलाउनेलाई किसानलाई प्रोत्साहनस्वरुप ४२ हजार ५०० उपलब्ध गराउने निर्णय गरेको छ ।
मिक्वाखोला गाउँपालिकाका अनुसार कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन र हौसला प्रदानका लागि सो निर्णय गरिएको हो । ५० मुरीभन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम वापत ४२ हजार ५०० उपलब्ध गराउने निर्णयले उत्साहित बनाएको स्थानीय बताउँछन् ।
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न सो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ । पहिलोचरणमा वडा नम्बर १, २ र ३ का सात किसानलाई सो रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ ।
प्रोत्साहन पाउनेमा वडा नम्बर १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बू, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा २ का रबिन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिए ।
प्रकाशित: २२ जेष्ठ २०७८ २२:०८ शनिबार