काटमाडौ । कोरोना संक्रमित भएका उनका साथी हरिहर अधिकारीका बुवाको उपचारका क्रममा निधन भएपछि नायीका नीता ढुंगाना निकै भावुक भएकी छन् । उनी हरिहरलाई दुखद् अवस्थामा साथ दिन पशुपति क्षेत्रमा पनि पुगेकी थिइन् । स्वास्थ्य मापदण्ड अनुसार हरिहरको वुवाको अन्त्यष्टि गरिएको थियो ।
त्यतीबेला नीताले भाव विह्वल भएका हरिहरलाई एक पल पनि छोडिनन् । उनले हरिहरको बुवालाई विदा गरेपनि निकै भावुक हुँदै स्टाटस लेखेकी छन् । उनले अहिले आफु नेपालमा किन जन्मिएँ होला भन्ने लागेको विचार ब्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा हरिहरका बुवासंगको तस्बिर राख्दै उनले लेखेकी छन्, मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ ।
मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।
सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला । हार्दिक श्रद्धाञ्जली बुवा, हजुरको वैकुण्ठमा बास होस् !
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।