जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार गरेका छन्। उनले आइतबार ट्विट गर्दै राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकारेका हुन्।
नेकपा एमालेका सांसद महेश बस्नेतले भट्टराईले ओलीलाई भेटेर प्रधानमन्त्री बनाइदिनुपर्यो भनेको बताएपछि त्यसको स्पष्टीकरणमा भट्टराईले आफूले महाविपत्तिउन्मुख देशलाई निकास दिन व्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेको बताएका छन्। उनले ओलीलाई वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भन्दा ओलीले नमानेको बताएका छन्। उनले आफ्नो कुरा ओलीले नमानेपछि उक्त कुरा अरुलाई नभनेको पनि बताएका छन्
भट्टराईले अझै पनि संविधानको धारा ७६(५) बमोजिम सरकार बनाउन सकिने बताएका छन्। उनले यो विकल्पबारे सोच्न सबैलाई आग्रहसमेत गरेका छन्।