काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीमाथि अरु दलहरूले घरेबन्दी गरिरहेको आरोप लगाएका छन् ।२०८४ मा सबैखाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि रास्वपाविरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको उनको भनाइ छ ।
Advertisement
आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाको बाटो अब सहज हुन्छ भनेर जनताले देखाइदिए पनि अन्य दलको घेराबन्दीका कारण आफूहरू बेला–बेला अफ्ठ्यारोमा पर्ने गरेको बताए । यद्यपि, दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने उनले स्पष्ट पारे ।