सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको छलफल सकारात्मक भएको छ । दुवै पक्षबीच वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।
Advertisement
उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको थियो । छलफलपछि पुनले सरकारसँग सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सरकारले ध्यान नलिएको भन्दै चार बुँदे मागसहित पुन गत शुक्रबारदेखि माइतीघरमा धर्ना बस्नु भएको थियो । धर्नामा पुनसँगै सामाजिक अयियन्ताहरु र विभिन्न राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको छ ।