राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र ईच्छाकामनाका स्थानियसँग भनाभन भएको छ । उपनिर्वाचनका लागि चुनावी घरदैलोका क्रममा लामिछाने ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ खानीखोला पुगेका थिए । खानीखोलामा सुदर्शन बिष्टको सानो किराना पसल छ । जुन पसल उनकी श्रीमतीले चलाउने गर्छिन । भोट माग्दै बिष्टको घरमा लामिछाने पुगे । बिष्टले रवि लामिछानेसंग नागरिकता र उपचुनाव हुनुको कारण बारे प्रश्न गरे । त्यस पछि सुरु भयो केही भनाभन ।
सुदर्शन बिष्ट ः अस्ती पनि माग्ने जानु भयो, अहिले पनि माग्नै
रवि लामिछाने ः त्यति हैन त मेरो काम ?
सुदर्शन बिष्ट ः त्यस्तै देखियो, तपाई पनि अघिल्लो चोटी भोट हाल्नुभयो नि ।
स्वकिय सचिव प्रकाश सिग्देल ः वहाँ यहाँको मतदाता होईन ।
सुदर्शन बिष्ट ः मैले अघिल्लो पटक नै भनेको छु, म यहाँको मतदाता होईन, म यो क्षेत्रको मतदाता होईन भनेको हो । गोरखामा छ ।
रवि लामिछाने ः हवस्, धन्यवाद हजुरलाई
सुदर्शन बिष्ट ः तर अघिल्लो चोटी, कमिकमजोरी नागरिकतै नभएको मान्छे यहाँ आएर चुनाव लड्दिनु भएछ ।
स्वकिय सचिव प्रकाश सिग्देल ः धेरै नकराउनु न, भयो के ।
सुदर्शन बिष्ट ः ए, म बोल्नै पाउदिन ?
रवि लामिछाने ः एकछिन, एकछिन । के भयो भन्नु त ?
सुदर्शन बिष्ट ः नागरिकतामा ऋुटि हुदाँ हुदै फेरि नागरिकता लिएर फेरि निर्वाचनमा होमिदिनुभयो ।
रवि लामिछाने ः नागरिकता नभएको मान्छे म, तपाईलाई त्यस्तो लाग्यो ?
सुदर्शन बिष्ट ः अनि के त ? अस्ती भर्खरै नागरिकता लियो भनेर यस्तै टिभिमा आउछ ।
रवि लामिछाने ः तपाईले अदालतको आदेश पढ्नु भयो ?
सुदर्शन बिष्ट ः त्यस्तो सबै पढ्न जान्ने व्यक्ति पनि म हैन क्या, म साधारण मान्छेले जे जे सुन्यो, त्यहिँ गर्ने हो ।
रवि लामिछाने ः त्यस्तो भनेर कहाँ हुन्छ र ?
सुदर्शन बिष्ट ः कसरी खारेज भयो त तपाईको नागरिकता, पद ? नभएर त हो नि
रवि लामिछाने ः अलि सानो स्वरले बोल्नु न म यहिँ छु ।
सुदर्शन बिष्ट ः मेरो स्वरै ठुलो छ क्या । तपाईलाई पुगेको भए जानुस् । मेरो भोट पनि छैन काम पनि छैन ।
रवि लामिछाने ः तपाईको कुरा सुनेँ, मैले भन्न नपाउने ? मैले जवाफ दिन पाएँ ?
सुदर्शन बिष्ट ः सुन्नुस्, तपाई राम्रो मान्छे भएको भए मैले आउदो ५ वर्षमा तपाईको पार्टीमा लाग्ने विचार राखेको थिए ।
रवि लामिछाने ः म खराब रहेछु हैन
सुदर्शन बिष्ट ः हैन, हैन देखियो क्या । तपाईको कमजोरीले पद गयो नि
घम्साघम्सी चर्कै भयो । उनले रवि लामिछानेलाई बोल्नै दिएनन् । अलि समयपछि….
रवि लामिछाने ः सर मैले ३ मिनेट पाएको थिए, हामी चाँही अभागी, यहिँ गरेर खान सकेनौं, चाहेनौं, भ्याएनौं, हामी जस्ता लाखौं मान्छेहरु, हामी रहरले हैन, बाध्यताले विदेशियौं । त्यतै बस्ने त्यतै बस्यौं, हामी नआउने भनेर बसेका मान्छे, हैन अब त आउनुपर्छ भनेर हामी त आयौं । फर्केर आएको कुरा सबै बतायौं, बुझायौं । उता भएका असली सम्पति, नागरिकता, पास्सर्पोट सबै कागज बुझायौं । हजुरले गाली गरेकै नागरिकता बोकेर कालिकोटमा अस्पताल बनायौं । त्यहिँ नागरिकता बोकेर चेलिबेटीलाई उद्धार गरेको हो । त्यहिँ नागरिकता बोकेर टेलिभिजन खोलेको हो । पार्टी खोलेको हो । (उनले मन्त्री सम्म भएको बेलिविस्तार लगाए) तर प्रकृया मिलेन भनियो, तपाईको पसलमा अहिले मैले प्रकृया नमिलेको खोजे भने ३५ वटा भेटाईदिन्छु । त्यस्तै मध्ये मेरो पनि एउटा ऋुटि भएछ ।
सुदर्शन बिष्ट ः हो मैले त्यस्तै भनेको हो ।
रवि लामिछाने ः हैन तपाईले तँ नागरिक नै भईनस्, अमेरिकन होस्,
सुदर्शन बिष्ट ः हैन, हैन नेपाली भएर पनि अमेरिकन भन्नुभाथ्यो त्यसलाई सच्याएर आएको भए हुन्थ्यो भनेर
तर लामिछानेले बिष्टलाई चित्त बुझ्दो जवाफ दिन सकेनन् । अन्तत उनीले आफुलाई सम्हाल्न सकेनन् र किराना पसलबाट उठाएको पपको प्याकेज फालेर अस्वभाविक हर्कत देखाएर त्यहाँबाट हिडे । रास्वपा सभापति समेत रहेका उम्मेदवार लामिछानेको यो शैलीबाट किराना पसल संचालन गर्ने उनै बिष्टकी श्रीमतीले चित्त दुखाईन् ।
रवि लामिछाने र ईच्छाकामनाका स्थानियसँग भनाभन
रवि लामिछाने र ईच्छाकामनाका स्थानियसँग भनाभन
Advertisement
तपाईको प्रतिक्रिया