काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले सभामुखविरुद्ध महाभियोग ल्याउनसक्ने बताएका छन् । बिहीबार एमालेनिकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Advertisement
‘राष्ट्रपतिज्यूविरुद्ध महाभियोग ल्याउन खोजेका थिए । कुन दिन सभामुखविरुद्ध पनि ल्याउन बेर छैन,’ ओलीले भने । २५ प्रतिशत सांसदले सभामुखले पदअनुसार आचरण नगरेको भनी भनी प्रस्ताव पेश गर्न सकिने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध यही प्रस्ताव ल्याउन सक्ने आशंका गरेका हुन् ।